२९ असोज, काठमाडौं । गोलरक्षक इकर कासियासले लिओनल मेस्सी सामना गर्न कठिन स्ट्राइकर भएको बताएका छन् ।
रियल मड्रिडमा रहँदा कासियासले मेस्सीका थुप्रै उत्कृष्ट प्रहारहरुलाई असफल पारेका थिए । १६ वर्षसम्म रियल मड्रिडमा रहेका उनी यो सिजन कासियास पोर्टो पुगेका छन् ।
पोर्टाका समर्थकहरुसँग सामाजिक सञ्जालमा प्रश्न उत्तर गर्दै कासियासले आफूले सामना गरेका स्ट्राइकरहरुको तुलना गरे । उनले भने, मैले उनीविरुद्ध धेरै पटक खेले । मेस्सी कठिन विपक्षी हुन् ।’
कासियासले करियरका उत्कृष्ट सेभ पनि बताए । जसमा च्याम्पियन्स लिगको फाइनलमा २००२ को फाइनल र विश्वकप २०१० को फाइनलमा आर्जेन रोविनको प्रहार छन् ।
No comments:
Post a Comment