al
Breaking News
recent

नाै हजार लिटर हवाई इन्धनसहित चारजना पक्राउ



तीन हजार लिटर बाटैमा बेचेको खुलासा 
चितवन : कालोबजारीमा बेच्दै हिँडेको अवस्थामा चितवन प्रहरीले तीन हजार लिटर हवाई इन्धनसहित चारजनालाई सोमबार राति पक्राउ गरेको छ ।  
 
नेपालगञ्जबाट काठमाडौं लाँदै गरेको हवाई इन्धन कालोबजारी गरी बेच्दै गरेको अवस्थामा नेपाल आयल निगमको ट्यांकरसहित चारजना पक्राउ परेका हुन् । 

वडा प्रहरी कार्यालय चितवनको टोलीले नेपाल आयल निगमको ना२ख४३६५ नम्बररको ट्यांकर र त्यसमा रहेको तीन हजार लिटर हवाई इन्धन पनि बरामद गरेको छ ।

१२ हजार लिटर हवार्इ इन्धन बोकेर नेपालगञ्जबाट काठमाडौं लैजाने क्रममा बाटैमा कालोबजारी गर्दै तीन हजार लिटर बेचेको पाइएपछि ट्यांकर चालक र बिचौलियसहित चारजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चितवनका प्रमुख इन्सपेक्टर सत्यनारायण थापाले जानकारी दिए । 

पक्रा पर्नेहरुमा ट्यांकर चालक मकवानपुरका २४ वर्षीय सोमलाल ब्लोन, इन्धन विक्रीको दलालीमा संलग्न वीरगञ्जका २८ वर्षीय किशोरी पटेल, वीरगञ्जकै मनोजकुमार दास र चितवनमा इन्धन बेच्न दलाली गर्ने स्थानीय कमल थापालाई प्रहरी पक्राउ गरेको हो । 

ट्यांकर छुटाउन प्रहरीलाई घुस 
कालोबजारीमा इन्धन बेचेको पत्ता लागेपछि प्रहरी फन्दामा परेका बिचौलिया किशोरी पटेलले वडा प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर थापालाई ५० हजार रुपैयाँ घुससमेत दिन खोजेका थिए । 

ट्यांकर छुटाउन भन्दै पटेलले दिन खोजेको घुस वापतको ५० हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । 

प्रहरीका अनुसार उच्च गुणस्तरको हुने हवाई इन्धन पेट्रोल, मट्टीतेल र डिलेलमा मिसावट गरी बेचिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका चारैजनालाई थप कारबाही अघि बढाउन वडा प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ । 
- See more at: http://annapurnapost.com/News.aspx/story/22220#sthash.qyRcpndP.dpuf
Unknown

Unknown

No comments:

Post a Comment

Powered by Blogger.