al
Breaking News
recent

मालीमा इस्लामिक हमला : २१ को मृत्युसँगै सबै बन्धक मुक्त

  • attack_in_mali


  • घटनास्थलमा फेला परेको इस्लामिकको झण्डा देखाउँदै मालीका सुरक्षाकर्मी

५ मंसिर, काठमाडौं । अफ्रिकी राष्ट्र मालीको राजधानी बमामा अमेरिकी नागरिकले सञ्चालन गरेको र्‍याडिस ब्लु होटलमा शुक्रबार इस्लामिक लडाकूले आक्रमण गरी सैयौंलाई बन्धक बनाए । केही घण्टापछि १९ नागरिक र तीन लडाकूसहित २१ जनाको मृत्युसँगै सबै बन्धकहरु मुक्त भए ।
यो घटनापछि मालीमा १० दिनका लागि संकटकालको घोषणा गरिएको छ । मृतकहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
मालीका राष्ट्रपतिले घटनामा २१ जना मारिएको पुष्टि गरेका छन् । तर, अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले २७ जना मारिएको रिपोर्ट दिएका छन् । घटनामा परी धेरै घाइते बनेका छन् ।
Mali
पेरिसमा आइएसका लडाकूले १२९ जनाको हत्या गरेको एक सातापछि अफ्रिकामा अमेरिकीहरुले सञ्चालन गरेको होटलमाथि इस्लामिक लडाकूहरुबाट आक्रमण भएको हो । सो होटलमा हवाइ यात्रु, पाइलट तथा विभिन्न देशका पर्यटकहरु बसेका थिए ।
अलकायदा इन द इस्लामिक मगरिब र त्यसको सहयोगी संगठन अल मुराबिटुनले यो हमलाको जिम्मेवारी लिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार शुक्रबार बिहानै होटलमा करिब १३ जना लडाकूहरु ‘अल्लाह अबकर’ भनेर चिच्याउँदै प्रवेश गरेका थिए । उनीहरु अंग्रेजी राम्रोसँग बोल्थे । उनीहरुका साथमा एके-४७ राइफल थिए ।
इस्लामिक बन्दुकधारीले शुक्रबार बिहानै सात बजे होटलमा आक्रमण गरेर १७० जनालाई बन्धक बनाएका थिए । बन्धक बन्नेमा २० जना भारतीय नागरिकहरुसमेत थिए, जसलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ ।
घटनामा परी बेल्जियमको बालोनिया क्षेत्रका संसद सदस्य जियोफ्री डियडोने मारिएका छन् ।
Mali acct
  • घटनामा परी धेरैजना सख्त घाइते बनेका छन् 
चिनियाँ सञ्चारमाध्यमका अनुसार घटनामा तीनजना चिनियाँ नागरिकको पनि मृत्यु भएको छ ।
लडाकूको आक्रमणबाट मारिने तीन चिनियाँ नागरिकहरु चाइना रेल्वे इन्टरनेशनल गु्रपका अधिकारीहरु हुन् । सो कम्पनीका महाप्रबन्धक जोउ तियानजिङ, डेपुटी महाप्रवन्धक वाङ चुआनसाङ र कम्पनीका पश्चिम अफ्रिका हेर्ने अर्का महाप्रवन्धक चाङ चुइहुई मारिएको चाइना डेलीले जनाएको छ ।
चिनियाँहरुको बिजनेश टोली मालीका यातायात मन्त्रीसँग रेल्वे लाइन विस्तारबारे छलफल गर्न त्यहाँ पुगेको थियो । टोल्किा अन्यलाई भने उद्धार गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
Malii acct1
घटनामा लडाकूको गोली लागी अमेरिकाकी एकजना नागरिक मारिएकी छिन् । अनिता डाटर नाम गरेकी ४१ वर्षीया ती महिला भारतीय मूलकी अमेरिकी नागरिक हुन् । उनी मालीमा विद्यालय पढ्ने बालवालिकाका लागि अमेरिकी सहयोग एजेन्सीमा काम गर्थिन् ।
मारिने अन्यको भने सनाखत भइसकेको छैन ।
होटलमा आक्रमणपछि उद्धारमा स्थानीय सुरक्षाकर्मीलाई अमेरिकी स्पेशल फोर्सले सहयोग गरेको थियो भने फ्रान्सले पनि स्पेसल फोर्स पठाएको थियो ।
होटलमा बन्धक बनाइएका अन्यलाई भने उद्धार गरिएको छ । अब होटलमा कोही पनि बन्धक नभएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
थप तस्वीर
Mali Radisson Blue hotel under attack by jihadists (1)
Mali Radisson Blue hotel under attack by jihadists (2)
Mali Radisson Blue hotel under attack by jihadists (3)
Mali Radisson Blue hotel under attack by jihadists (4)


Unknown

Unknown

No comments:

Post a Comment

Powered by Blogger.