al
Breaking News
recent

आठ वर्षपछि फर्किने भइन् शिल्पा

Silpa
मुम्बई । राज कुन्द्रासँग बिबाह गरेपछि अभिनयवाट टाढिएकी शिल्पा शेट्टी पूनः अभिनयमा प्रवेश गर्ने भएकी छिन् । विवाहपछि घर, परिवार र छोरा सम्हालेर बसेकी शिल्पाले चाँडै अभिनयमा फर्किने योजना रहेको बताइन् ।
अहिले स्क्रिप्ट पढिरहेको जानकारी दिंदै उनले आधिकारिक सम्झौता भएपछि मिडियालाई जानकारी दिने बताएकी छिन् । फिचर फिल्ममा काम नगरेपनि टेलिभिजनमा सक्रिय रहेको धारणा राख्ने शिल्पाले संवाददातासंग कुरा गर्दै आफु कहिल्यै नहराएको दाबी गरिन् ‘फिल्ममा काम गरिन् भन्दैमा हराएको भन्न मिल्दैन, म टिभीमा सक्रिय थिँए ।’
उनको हातमा अहिले ५ वटा स्क्रिप्ट आइपुगेको छ । तीनवटा स्क्रिप्ट राम्रो भएपनि बाँकी दुईटा उनलाई मन परेको छैन । उनले लेखेको पुस्तक ‘द ग्रेट इण्डियन डाईट’ लोकापर्णको अवसरमा पूनरागमन हुन लागेको कुरो गरेकी थिइन् ।

Unknown

Unknown

No comments:

Post a Comment

Powered by Blogger.