al
Breaking News
recent

किन टिक्दैन हिरोइनको पहिलो प्रेम ?

काठमाडौं । हिरो हिरोइनको प्रेम प्रसँगले सबै भन्दा धेरै चर्चा पाउँछ चलचित्र क्षेत्रमा । चलेको कलाकारको प्रेम प्रकरण केबल मिडियाका लागि समाचारको विषय मात्रै बन्दैन चलचित्रकर्मीका विचमा पनि छलफलको विषय बन्ने गरेको छ ।
विषेश त नायिकाहरुको पहिलो प्रेमको प्रसँगले बढी महत्व पाउँछ नेपाली फिल्म उद्योगमा । तर, पहिलो प्रेमलाई सफल बनाउने नायिकाहरु सार्‍है कम छन् । रिल लाइफमा जस्तै रियलमा पनि पहिलो प्रेमलाई सम्हाल्न नसक्ने केही नायिकाहरुको यहाँ चर्चा गरिएको छः
reema-and-amir
रिमा विश्वकर्माः नायिका रिमा विश्वकर्माले बिहे गरेको दुई महिना हुनै लाग्यो । वेलायतमा बसोबास गर्दै आएका रोवर्ट ल्वागुन विश्वकर्मासँग विवाह गरेकी रिमा अहिले खुसी छिन् । तर, उनको पहिलो प्रेम भने असफल भएको थियो ।
केही समय अमिर सिखसँग प्रेममा रमाएकी रिमा असमझदारी भएपछि अमिरसँग टाढिएकी थिइन् । केही चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरेकी रिमा पछिल्लो समयकी लोकपि्रय मोडल हुन् ।
richa-and-vinaya
ऋचा शर्माः अहिले ऋचा शर्मा सिंगल छिन् । नायक विनय श्रेष्ठसँग केही समय रिलेशनमा रहेकी ऋचा सहमतिमै आफुहरु टाढिएको धारणा राख्छिन् । लुट, भिसा गर्ल, टकलजंग भर्सेज टुल्के लगायतको फिल्ममा अभिनय गरेकी ऋचा विनयसँग रिलेशनमा नभए पनि सम्बन्ध खराब नभएको बताउछिन् । अभिनयकै क्रममा उनीहरु विच प्रेम भएको थियो ।
Priyanka-Karki-Wedding-Beach-Bikini-10
प्रियंका कार्कीः प्रियंका कार्कीले भन्ने गरेकी छिन्– ‘विवाह हुन पनि सक्छ । नभएपनि फरक पर्दैन ।’  सहमतिमै सुटुक्क बिहे गरेकी प्रियंकाले पनि विचार नमिलेकै कारण विवाहको तीन वर्षपछि श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन ।
आवश्यक पर्‍यो भने विवाह गर्छु भन्ने धारणा राख्ने प्रियंकालाई पनि कसैको श्रीमति भएर बस्ने रहर त छ । तर, अहिले सम्भव छैन । कारण उनी अहिलेकी ब्यस्त नायिका हुन् भने आफ्नै मर्जी अनुसार चल्न सक्छिन् । भन्छिन् ‘म अहिले स्वतन्त्र पूर्वक काम गरिरहेकी छु । विवाहपछि त्यो सम्भव नहुन पनि सक्छ ।’
nirak-and-nisha
निशा अधिकारीः निर्देशक निरक पौडेल र निशा अधिकारीको सम्बन्धले पनि राम्रै चर्चा पाएको थियो एक समय नेपाली फिल्म क्षेत्रमा ।एक वर्ष भन्दा बढी डेटिङमा रमाएका थिए निशा र निरक । उनीहरुको पनि पनि डेटिङमा रमाउदा रमाउदै सम्बन्धमा खटपट आएको थियो । निरकले अनिता थापासँग लगनगाँठो कसेपछि निशा टाढिएकी थिइन भने अहिले उनको सम्बन्ध शरद भेश्वाकरसँग छ । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली नायिका समेत रहेकी निशा मन नमिलेपछि छुटि्टनुनै उपयुक्त विकल्प भएको धारणा राख्छिन् ।
sushma-and-sudarshan
शुष्मा कार्कीः निर्देशक सुदर्शन थापा र शुष्मा कार्कीको जोडीलाई चकलेटी जोडी भनेर चर्चा गर्थे एक समय फिल्मकर्मी । करिअर सुरु गर्दै गर्दा शुष्मा र सुदर्शनको सम्बन्ध स्थापित भएको थियो । तर, अहिले उनीहरु एक अर्कासँग बोल्न समेत गार्‍हो मान्छन् । उनीहरुको पनि छुट्टा भिन्न सहमतिमै भएको थियो । सुदर्शनले शुष्मालाई छाडेर अर्कि युवतिसँग सम्बन्ध बढाएका थिए भने शुष्माले पनि दोस्रो पुरुषलाई रोजेकी थिइन् ।
रेखा-छवि
रेखा-छवि
रेखा थापाः एउटा समय यस्तो पनि थियो । हरेक भ्यालेन्टाईनमा सञ्चारमाध्यममा रेखा थापा र छबी ओझाको प्रेम प्रकरणले चर्चा पाएको हुन्थ्यो । १६ वर्षकै उमेरमा छबी ओझासंग विवाह गरेको दाबी गर्ने रेखाले विवाहको १० वर्षपछि छबीसंग सम्बन्ध बिच्छेद गरेकी थिईन् ।
नेपाली फिल्ममा सक्रिय धेरै कलाकार छन् जसको पहिलो प्रेम सफल हुन सकेन । रेजिना उप्रेती, गायिका निशा सुनार, रञ्जना शर्मा, मेलिना मानन्धर, गौरी मल्ल लगायतको पनि पहिलो प्रेम टुटेको थियो ।

Unknown

Unknown

No comments:

Post a Comment

Powered by Blogger.